नेकपा नेता पुरी र उनको श्रीमती र आफन्तविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’ विरुद्ध मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको सरकारी सम्पती हडपेको मुद्दा दर्ता भएको हो ।

मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष विभागले निकालेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२।२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया