डा. तोसिमा कार्कीको १२ बुँदे स्पष्टीकरण !


काठमाडौं – पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफू मन्त्री रहँदाका बखत प्राप्त हुने सरकारी सुविधाहरु प्रयोग गरे/नगरेको बारे स्पष्टोक्ति दिएकी छिन् ।

डा. कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूमाथि लागेका केही आरोपहरुको बारेमा १२ बुँदे स्पष्टीकरण दिएकी हुन् ।

उनले लेखेकी छिन्,

हामी राज्यमन्त्री हुँदा पदवाहलि भएकै दिन देखि हामीले कुनै पनि extra सेवा सुविधा लिएनौँ ।

१) PSO एक जना साथमा हुनुहुन्थ्यो । उहाँलाई पनि राती बिदा दिन्थ्यौँ ।

२) APF छ जना, security को लागि भनेर दिईने रैछ । हामीले एक जना पनि सुरुकै दिन देखि लिएनौँ ।

३) बस्ने quarter दिने/ नत्र घर भाँडा भनि दिईने रैछ । हामीले त्यो पनि लिएनौँ ।

४) झण्डात्तोलन गर्न र सुरक्षाकर्मी बस्ने ठाउँ बनाउन भनि केहि पैसा (७५०००- डेड लाख जति) दिईने रहेछ । हामी अफिसकै काममा यति व्यस्त भयौ कि झन्ण्डात्तोलन गर्ने समय नै पाएनौँ । त्यसैले त्यो खर्च पनि लिएनौँ ।

६) औपचारीक कामका सवारीको लागि गाडि दिइएको । प्रयोग गर्यौँ । बिदाको दिन चाहिँ निजी कामहरुमा जाँदा त्यो गाडि पनि प्रयोग गरेनौँ ।

८) हामीले हाम्रो सवारी चालकलाई ईमर्जेन्सी नपरी हाम्रो गाडिले कहिँ पनि VIP भनि लेन मिच्ने, ट्राफिक नियम मिच्ने नगरौँ णबेका थियौँ । अरु सरह हामी जाममा समेत कुर्ने गर्थ्यौँ ।

७) आफ्नो कार्यकाल सुरु हुँदा कार्यकक्षमा फर्निचरहरु फेर्ने/फेराउने परिपाटी सुनियो । हामीले जे जस्तो थियो त्यहि ठिक छ भनि खर्च गराएनौँ । कार्यलयको कामको लागि केहि डायरि र स्टेस्नरीका सामान भने उपयोग गरेका थियौँ । कत्ति पनि बेरुजु खर्च नजाओस् भनि हाम्रो सचिवालयलाई निर्देशन दिएका थियौँ ।

८) सचिवालयमा निजि स्वकिय, उपस्वकिय, प्रशासन अधिकृत, २ जना का.स, दुई जना ड्राईभर गरी ७ जना नियुक्ति गर्न मिल्ने व्यवस्थामा हाम्रो ललितपुर क्षेत्र न:३ का हाम्रा मतदाता साथी भाई हरुले विना नियुक्ति नै १९ दिन भलुन्टियर काम गरिदिनुभयो । तसर्थ सो खर्च पनि हामीले गरिदिएनौँ ।

९) हामी पदमा रहेको १९ दिनमा ३ दिन बिदा परेकोमा हामी बिदाको दिन पनि कार्यकक्ष गई नितिगत फाइल अध्ययन तथा निजी सचिवालय चलायमान राख्यौँ र दिनहुव जसो राती ८-९ बजे सम्म कार्यकक्षमा हुने गरेका थियौँ । देशभरिका एम्बलेन्स सेवालाई एकिकृत गर्ने योजना, आधारभुत अस्पतालको उत्थान, तन तहकै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड, दरबन्दी र समायोजनको विषय र समाधान, स्वास्थ्य विमा बारे छलफल, नर्सिङ र आयुर्वेदका समस्या आदि…

१०) छोटो सुरुवाती समय निति नियमहरु अध्ययन, समस्याबारे बुझ्ने साथै, केहि महत्वपुर्ण निर्णयहरु गर्यौँ । कार्यसुचि सहित अस्पतालहरु अनुगमन भ्रमणको योजना बनाउँदै थियौँ तर कहिँ भ्रमण सुरु गरेका थिएनौँ त्यसैले सो खर्च पनि गरेनौँ ।

११) समग्रमा राज्यमन्त्रीको हैसियतमा मन्त्रालयमा निभाउनुपर्ने अभिभावकको भुमिका इमान्दारीताका साथ निभाउने कोशिस गर्यौँ । साथै मन्त्रिज्यु सँग दैनिक रुपमा भेट्ने, विषयगत र नितीगत छलफल गर्ने गर्थ्यौँ । एकदमै काम गर्न सजिलो, मिजासिलो र जुझारू मन्त्रीज्यु सँगको काम कारवाहीको तादम्यता सुमधुर रह्यो । (स्मृति तस्वीर मन्त्रीज्यु सँग)

१२) मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु एकदम जुझारु, बिदाको दिन र ओभर टाईम समयमा खट्नुभएको देखे । केहि समस्या केहि गुनासाहरु थिए जुन मिलेर सामाधान गर्ने/गराउने वाचा राखेका थियौँ । तर कार्यकाल निकै छोटो रह्यो ।

अन्त्यमा, स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयाका माननीय मन्त्रीज्यु, सचवज्युहरु, माहासाखा प्रमुखज्युहरु, साखा प्रमुखज्युहरु, विभाग तथा परिषद प्रमुखहरु, लगायत सम्पुर्ण कर्मचारिहरुलाई १९ दिने मेरो राज्यमन्त्रीको छोटो कार्यकाल पनि सम्झनलायक बनाईदिनुभएकोमा धन्यवाद दिन चाहन्छु । साथै बाहिरै रहेर पनि स्वास्थ्य सम्बन्धिका नितिगत कामहरुमा एक सांसदको हैसियतले खेल्न सकिने भुमिकामा सदा तत्पर रहने प्रतिवद्दता समेत राख्दछु । अन्तमा फेरी पनि सम्झन चाहन्छु ललितपुर ३ का मेरा भगवान रुपि मतदाताहरुलाई जसको साथ र आशिर्वादले मलाई याहाँ सम्म पुर्यायो । धन्यवाद सबैमा ।

प्रतिक्रिया