आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री प्रचण्ड, चार कार्यक्रममा सहभागी हुने


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन् । जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने छन् ।

कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा  सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ ।

उनी आजै काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया