जुम्लामा लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ


जुम्ला – जुम्लामा लागु औषध प्रयोग र कारोबार बढ्दै गएको छ ।

धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके, नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगुमा पुग्ने गरेको पाइन्छ । यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन् ।

भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा बिक्री गर्दा २०/३० हजार रुपियाँसम्म विक्री गर्ने गर्दछन् । यसअघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुग्ने गरेको पाइएको थियो ।

१५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ परेका छन् । यस अवधिमा ब्राउन सुगर ७९३.९ मिलिग्राम र चरेस ५८०.६२ मिलिग्राम बरामद गरिएको छ ।

प्रतिक्रिया