

‘संवैधानिक आयोगमा नियुक्ति : केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेले’

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको बताएका छन् । राष्ट्रपति कार्यालयमा आज शपथग्रहण गराइएपछि खनालले केपी ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश पोखेका छन् ।
उनले भने, ‘यो तानाशाहीको अर्को नमुना हो । सम्पूर्ण प्रशासनलाई एकलौटी गर्ने, मनपरीतन्त्र निम्त्याउने, मुलुकलाई अन्धकारतर्फ लैजाने कामको थप कदम हो । यसको हाम्रो पार्टी भत्सर्ना गर्छ, निन्दा गर्छ ।’

