लागुऔषध सेवन गरी सवारी चलाउने ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौं – उपत्यकाबाट लागुअ सेवन गरी सवारी चलाउने ३ जना पक्राउ परेका छन् । काठमाडौंको ठमेलमा शनिबार‍ गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने   ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ  ।

ट्राफिक कार्यालयका अनुसार बागमती प्रदेश ०२ -०२६ प ८९ ६० नम्बरको मोटरसाइकल चालक नुवाकोटको विदुर नगरपालिका ३ घर भई हाल नेपालटार बस्ने  ३५ वर्षीय रविन्द्र आचार्य, रा ७ प  ९३१ नम्बरको स्कुटर चालक सल्यानको शारदा  नगरपालिका १ घर भइ हाल सुकेधारा बस्ने  २२ वर्षीय इसान खड्का र  बागमती प्रदेश ०२ -०१६ प ०७ ७८ नम्बरको मोटरसाइकल चालक इलामको इलाम नगरपालिका २  घर भइ हाल बौद्द बस्ने  २६ वर्षीय विवेक प्रधानलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो  ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेको संयुक्त टोलिले २० ओटा सवारी साधन चेकजाँच गरेको थियो  ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले लागुऔषध समेत सेवन गरी सवारी साधन चलाइएको पाइएपछी प्राविधिक टोलीसहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट लागुऔषध चेकजाँच अभियान सुरु गरेको हो  ।

प्रतिक्रिया