


संवैधानिक आयोगमा नियुक्तहरुलाई आज बिहान ९ बजे शीतल निवासमा शपथ खुवाइँदै

काठमाडौं — विभिन्न संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने तयारी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितीमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।राष्ट्रपतिको उपस्थितीमा आयोगका अध्यक्षहरुमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले सपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले सपथ गराउनेछन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।

