फेरि अर्को आत्मदाह प्रयास, कर्णाली स्वास्थ्य प्रतिष्ठानका कर्मचारीले लगाए आफ्नै शरीरमा आगो


जुम्ला – जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी समेत रहेका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि शरीरमा आगो लगाएर आफैंलाई जलाउने प्रयास गरेका थिए। तर उक्त क्रममा प्रहरी आएर उनलाई उद्धार गरेको थियो।

कोहलपुर स्थायी घर भई प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत उनले उद्धारपछि भावुक हुँदै भने, ‘यो देशमा मलाई बस्नै मन लागेन, हजुरहरूले पेट्रोल कहाँबाट ल्याए भन्नुहुन्छ, पेट्रोल जहाँ पनि पाइन्छ।’ उनले भावुक हुँदै भने, ‘यहाँ को छन् गतिला ? सहन सकिनँ।’

केही दिनअघि बानेश्वरको संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। त्यसपछि पनि पोखरामा एक युवकले घरमै आगो लगाएर आत्मदाह गर्ने प्रयास गर्दा उनलाई उद्धार गरिएको थियो। त्यसपछि हिजो बुधबार मात्र बाग्लुङमा पनि एक युवकले आत्मदाह प्रयास गरेका थिए ।

प्रतिक्रिया