
राजा ज्ञानेन्द्रको त्यो कदम जसले नारायणहिटीबाट नागार्जुन पुर्यायो
काठमाडौं – आज माघ १९ गते । यो दिनले नेपालीलाई खासगरी वि.सं. २०६१ साल अर्थात् आजभन्दा १८ वर्ष अघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको कदमलाई ‘कू’ को रूपमा पनि लिन गरिन्छ । माघ १९ गतेकै दिन शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएका थिए ।
तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई निरङ्कुश शासन गर्न थालेका थिए । त्यसैले नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कू’ भएको दिनका रूपमा सम्झने गरिन्छ ।
तत्कालीन राजाको यो कदमले तत्कालीन ७ दल र नेकपा (माओवादी) लाई नजिक्याएको थियो । त्यसपछि भएको १२ बुँदे सहमतिको आडमा ०६२/६३ को जनआन्दोलन भयो र माओवादी जंगलबाट सडक हुँदै सदन प्रवेश गरी मूलधार राजनीतिमा पुग्यो ।
सात दल र माओवादीबीच सहमति भइ सुरु भएको जनआन्दोलनको प्रतिफलस्वरूप पछिल्लो राजनीतिक परिवर्तन सम्भव भएको हो । त्यसैको बलमा पहिलो संविधानसभाले मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । जसका कारण नारायणहिटीबाट देशको शासन सत्ता सम्हालिरहेका राजा ज्ञानेन्द्रले नागार्जुनको यात्रा गर्नुपर्यो ।



कागजपत्र |
