

यी हुन् २०२० मा टप ‘ब्रान्ड भ्यालु’ रहेका ‘टप टेन’ कम्पनी

काठमाडौं – फोर्ब्सले सन् २०२० का टप १०० ब्रान्डहरु सूचीकृत गरेको छ । हरेक वर्ष विभिन्न विधामा विश्वका उत्कृष्टहरुको सूचीकृत गर्दै आएको फोब्र्सले यस वर्षका लागि मोस्ट भ्यालुएबल ब्रान्डको सूचीकरण गरेको छ ।
विश्वका टप १० ब्रान्डहरुमा सूचनाप्रविधिसँग सम्बन्धित ६ वटा ब्रान्डहरु परेका छन् भने एउटा रेष्टुरेन्ट, एउटा पेय पदार्थ अर्थात् बेभरेज ब्रान्ड, एउटा घुमफिरको ब्रान्ड र एउटा सुविधा सम्पन्नताको ब्रान्ड रहेको छ । टप ५ ब्रान्डमा सुचनाप्रविधिसँग ब्रान्ड नै रहेका छन् ।
एप्पल
फोर्ब्सका अनुसार सबैभन्दा महंगो ब्रान्डमा एप्पल रहेको छ । एप्पलको ब्रान्ड भ्यालू २४१.२ बिलियन डलर रहेको छ भने गत एक वर्षमा १७ प्रतिशत भ्यालू परिवर्तन भएको छ । यो सूचनाप्रविधिसँग सम्बन्धित ब्रान्ड हो । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको एप्पलको हालको सिइओ टिम कुक रहेका छन् ।
गुगल
कम्प्युटर र इन्टनेटसँग सम्बन्धित गुगल सन् २०२० का लागि दोस्रो ब्रान्ड भ्यालु भएको कम्पनी हो । गुगलको ब्रान्ड भ्यालु २०७.५ बिलियल डलर रहेको छ । वर्षमा २४ प्रतिशत परिवर्तन भएको छ । यो पनि सूचनाप्रविधिसँग नै सम्बन्धित ब्रान्ड हो । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको गुगलको हालको सिइओ भारतीय नागरिक सुन्दर पिचाई रहेका छन् । गुगलमा १ लाख ३७ हजार कर्मचारी कार्यरत छन् ।
माइक्रोसफ्ट
आईटी सफ्टवेयरसँग सम्बन्धित कम्पनी माइक्रोसप्mट सन् २०२० का लागि तेस्रो ब्रान्ड भ्यालु भएको कम्पनी हो । माइक्रोसफ्टको ब्रान्ड भ्यालु १६२.९ बिलियल डलर रहेको छ । वर्षमा ३० प्रतिशत परिवर्तन भएको छ । माइक्रोसफ्टको केन्द्रीय कार्यालय अमेरिकाको वाशिंग्टन डिसिमा रहेको छ । यसको हालको सिइओ सत्य नाडेल्ला रहेका छन् । यसमा १ लाख ४४ हजार कार्यरत छन् ।
अमाजोन
अमाजोन सन् २०२० का लागि चौथो ब्रान्ड भ्यालु भएको कम्पनी हो । अमाजोनको ब्रान्ड भ्यालु १३५.४ बिलियल डलर रहेको छ । यस वर्षमा ४० प्रतिशत परिवर्तन भएको छ । जेफ्री पी बेजोस सिइओ रहेको अमाजोनको पनि केन्द्रीय कार्यालय वाशिंग्टनमा नै रहेको छ । अमाजोनमा अहिले ७ लाख ९८ हजार कर्मचारीहरु कार्यरत रहेका छन् ।
फेसबुक
फेसबुक विश्वकै पाँचौं ब्रान्ड भ्यालु भएको कम्पनी हो । फेसबुकको ब्रान्ड भ्यालु ७०.३ बिलियल डलर रहेको छ । एक वर्षमा माइनस २१ प्रतिशत ब्रान्ड भ्यालु परिवर्तन भएको छ । फेसबुकको केन्द्रीय कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ यसमा अहिले ४४ हजार ९ सय ४२ कामदार रहेका छन् । फेसबुकको सिइओ माक इलियट जुकरबर्ग हुन् ।
कोका–कोला
कोका–कोला छैटौं ब्रान्ड भ्यालु भएको कम्पनी हो । वेभरेज विधाअन्तर्गत पहिलो स्थानमा रहेको कोका–कोलाको ब्रान्ड भ्यालु ६४.४ बिलियल डलर रहेको छ भने १ वर्षमा ९ प्रतिशत भ्यालु परिवर्तन भएको छ । कोका–कोलाको पनि केन्द्रीय कार्यालय अमेरिकामा नै रहेको छ । अमेरिकाको जर्जियामा रहेको कोकाकोलामा ८६ हजार २ सय कर्मचारी रहेका छन् भने यसका सिइओ जेम्स क्वेन्सी हुन् ।
वाल्ट डिज्नी
अन्तर्राष्ट्रिय पारिवारिक मनोरञ्जको कम्पनी वाल्ट डिज्नी विश्वकै सातौं ब्रान्ड भ्यालु भएको कम्पनी हो । डिज्नीको ब्रान्ड भ्यालु ६१.३ प्रतिशत रहेको छ भने गत १ वर्षमा १८ प्रतिशतले भ्यालु परिवर्तन भएको छ । यसको केन्द्रीय कार्यालय क्यालिफोर्नियामा रहेको छ भने यसका सिइओ रोबर्ट चापेक हुन् । यसमा २ लाख २३ हजार जना कामदार रहेका छन् ।
सामसुङ
पछिल्लो समयमा एप्पलसँग प्रतिस्पर्धा गरिरहेको सामसुङ विश्वको आठौं ब्रान्ड भ्यालु भएको कम्पनी हो । सुचनाप्रविधिसँग सम्बन्धित रहेको सामसुङको ब्रान्ड भ्यालु ५०.४ बिलियन डलर रहेको छ । गत एक वर्षमा सामसुङको माइनस ५ प्रतिशतले भ्यालु परिवर्तन भएको छ । एशियाको दक्षिण कोरियामा रहेको सामसुङ इलेक्ट्रोनिक्सका सिइओ ह्यून–सुक किम, किनाम किम हुन् । सामसुङमा १ लाख ५ हजार २ सय ५७ कर्मचारी रहेका छन् ।
लुइस भुइट्टोन
छालाका सामानहरुको निर्माण गर्ने कम्पनी लुइस भुइट्टोन विश्वको नवौं ब्रान्ड भ्यालु भएको कम्पनी हो । यसको अहिलेको ब्रान्ड भ्यालु ४७.२ बिलियन रहेको छ । फ्रान्समा रहेको उक्त कम्पनीको सिइओ एवं अध्यक्ष माइकल ब्रुके हुन् । यसको केन्द्रीय कार्यालय पेरिसमा रहेको छ ।
म्याकडोनल्स्
म्याकडोनल्स् अमेरिकाको सिकागोमा रहेको रेष्टुरेन्टसँग सम्बन्धित कम्पनी हो । यसको ब्रान्ड भ्यालु अहिलेको अवस्थामा ४६.१ बिलियन डलर रहेको छ । गत एक वर्षमा ५ प्रतिशतले ब्रान्ड भ्यालू परिवर्तन भएको म्याकडोनाल्सको सिइओ क्रिस्टोफर केम्पचेन्स्की हुन् । अहिले २ लाख ५ हजार कर्मचारी कार्यरत छन् । -एजेन्सी

