

कर्णाली राजमार्गमा हाईस दुर्घटना, सात जना घाइते

सुर्खेत – कर्णाली राजमार्ग अन्तर्गत पश्चिम दैलेखको पालेतडामा हाईस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा ७ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ । रामाघाट र पालेतडा बजारको बीच भागमा कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ८० मिटर तल खसेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए ।
उनका अनुसार गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थित शाही मेडेकल हलमा उपचार भइरहेको उनले बताए । गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै थियो ।

