भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु


धनगढी – बाजुरामा आज (मंगलबार) दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका(२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने क्रममा गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा चरिचालन गरिएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५।९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ । त्यस्तै भुकम्पका कारण बझा¥का विभिन्न स्थानमा एक दर्जन बढी घरमा क्षेती भएको प्रहरीले जनाएको छ । भुकम्पबाट कहाँ कती क्षती भयो भन्ने विस्तृत विवरण संकलको काम जारी छ ।

प्रतिक्रिया