आन्दोलनरत रुबी खान बबरमहलबाट पक्राउ


काठमाडौं – बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेको हो।

उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया