चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

बेइजिङ – चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु भएको छ।

गत जनवरी १३ देखि १९ को बीचमा अस्पतालमा भर्ना भएका ६८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र ११ हजार ९७७ जनाको संक्रमणसँगै अन्य रोगका कारण मृत्यु भएको हो।

उक्त तथ्यांक चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी गरेको विज्ञप्ति अनु्सार एक सातामा १२ हजार ६५८ जनाको मृत्यु भएको छ।

गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो। गत डिसेम्बरमा चीनले शून्य कोभिड नीति त्यागेपछि कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया