चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो


चितवन – चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनको दावी छ । बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो । चालू आर्थिक वर्षमा योसहित ११ गैंडा मरेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।

प्रतिक्रिया