
मन्त्रालय साट्दै भण्डारी र अब्दुल खान !
काठमाडौं – जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान लिँदै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएसँगै नेकपा एमालेका मन्त्री दामोदर भण्डारीसँग मन्त्रालय साट्ने भएका छन् ।
खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएपनि पदभार ग्रहण नगरेपछि मन्त्रालय साट्ने तयारी गरिएको हो । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले बतायो ।
सम्भवतः आज साँझ नभएपनि सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ ।



कागजपत्र |
