

भिरबाट खसेर तनहुँको बन्दीपुरमा एक जनाको मृत्यु

काठमाडौँ । भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

