

आगो ताप्ने क्रममा जलेर तीन जना घाइते

रौतहट – आगो ताप्ने क्रममा जलेर तीन जना घाइते छन् । दुर्गाभगवत गाउँपालिका-३ मत्सरीमा जलेर महिला, नवजात शिशुसहित तीन जना घाइते भएका हुन्।
चिसो छल्न शुक्रबार बिहान आगो ताप्ने क्रममा अजय दासको २० वर्षीया श्रीमती रमितादेवी दास गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते महिलाको गौर अस्पतालमा उपचार भइरहेको छ।
महिलासँगै काँखमा रहकी चार महिनाको बालिका सन्ध्याकुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर विजय सामान्य घाइते भए।
घाइते तीनै जनाको गौर अस्पतालमा उपचार भइरहेको अस्पतालका आकस्मिक कक्षका प्रमुख पंकज ठाकुरले जानकारी दिएका छन्।

