

उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली काँग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित प्रभावशाली नेताहरूको बैठकले सांसद मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।

