उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपा संसदीय दलको बैठक सुरू, सोविता चर्चा


काठमाडौं – सत्ता भागबन्डामा उपसभामुख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार चयनका लागि संसदीय दलको बैठक बोलाएको छ ।

केही बेर अघिबाट सुरू भएको संसदीय दलको बैठकले भोली हुने उपसभामुखको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने भएको हो । रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ ।

भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताए ।

प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएर सपथको तयारीमा रहेका छन् ।

प्रतिक्रिया