उपसभामुख बन्दै सोविता गौतम !


काठमाडौं – आजदेखि प्रतिनिधिसभा संसदमा नयाँ उपसभामुखका लागि निर्वाचन प्रक्रिया आरम्भ हुँदैछ । सत्ता गठबन्धनबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।

उक्त पार्टीबाट उपसभामुखका लागि सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै आफ्नो लागि तयारी पक्का गरेकी छिन् ।

बिहीबार दुवै नेताहरुसँग पनि गौतम उपसभामुख बन्ने पक्का भएको हो । तर रास्वपाको संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी नै रहेको छ । रास्वपाले अहिले बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपा स्रोतका अनुसार पार्टीभित्र गौतमका साथै सांसद इन्दीरा राना मगरको पनि नाम छलफलमा रहेको जनाइएको छ । तर संसदीय दलले कसको पक्षमा निर्णय गर्ने छलफलपछि मात्र निर्णय हुने जनाइएको छ । उनी भन्छन्, ‘तर गौतमजीकै सम्भावना बलियो छ ।

यसअघि बिहीबार सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया