
हिमालय एयरलाइन्से माघ २८ देखि बेइजिङ उडान गर्ने
काठमाडौं – हिमालय एयरलाइन्सले चीनको बेइजिङ सिधा उडान सुरु गर्ने भएको छ। कोभिड-१९ महामारीको बीचमा हिमालयको काठमाडौं–बेइजिङ सिधा उडान रोकिएको थियो।
चीनले जनवरी २०२३ देखि यात्रा प्रतिबन्ध खुला गरेपछि उडान पुनः सुचारु गरिएको एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हिमालय एयरलाइन्सले यहि फेब्रुअरी ११ अर्थात आगामी माघ २८ देखि हप्तामा एक उडान गर्नेछ।
हिमालयले बेइजिङको ड्यासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछ। एयरलाइन्सले प्रत्येक शनिबार उडान गर्ने तालिका छ। हिमालयले एच९ ६६५ विमानबाट उडान भर्ने जनाएको छ । काठमाडौं–बेइजिङ सिधा उडान ४ घन्टाको हुनेछ।
चिनियाँ नयाँ वर्षको बिदाको मौसम नजिकिँदै गर्दा, चीन र नेपालका राजधानीबीच सिधा उडान सुचारु हुनु लाभदायी भएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। यसले चीनबाट नेपाल आउने यात्रुहरूलाई थप सेवा दिन र पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
