हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु


किभ – युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि छन् । घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ ।

दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया