सभामुखको उम्मेदवार टुंग्याउन देउवा, माधव र उपेन्द्र छलफलमा


काठमाडौं – नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुङ्गो लगाउन सत्ता बाहिर रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

कांग्रेस नेतृत्वमा विपक्षी समिकरणबाट सभामुखको उम्मेदवार टुंग्याउन केही बेरमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ । उनीहरुको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि मिसिएका छन् ।

उनीहरुको बैठक सिंहदरबारमा बस्ने कांग्रेसका एक पदाधिकारीले बताए । उनीहरुबीच बिहान पनि भेटवार्ता भएको थियो । तीन नेताको छलफलपछि कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्णय गरेर उम्मेदवारी दर्ता गर्न जाने तयारी छ । कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवारी बनाउँने तयारी छ ।

यसअघि काृंग्रेसले माओवादी केन्द्रको निर्णय कुरिरहेको थियो । तर एमाले उम्मेदवार देवराज घिमिरेको समर्थक नै माओवादी भएपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नपर्खिने भएको हो ।

प्रतिक्रिया