मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित


जनकपुरधाम – मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

आज (मंगलबार) प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

प्रदेश सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल सभामुख निर्वाचित भएको घोषणा गरेका हुन् । रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया