

विमान दुर्घटनाः थप एक महिलाको शव भेटियो, अब एक जनाको मात्र अवस्था अज्ञात

पोखरा — यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।
दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा एक महिलाको शव भेटिएको हो । यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकी दिए ।
मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।
शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एक जनाको खोजी जारी राखिएको बताए ।

