

संसद् विघटनविरूको मुद्दामा सरकारी पक्षको बहस शुरू

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस शुरू भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरू भएको १४ औँ दिनबाट सरकारी पक्षको बहस सुरू भएको हो । जारी बहसमा महान्यायाधिवक्ता अग्नि खरेल सहभागी छन् ।
उनले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको बताउँदै रिट निवेदकहरूलाई दिइए जति समय आफूहरूलाई पनि चाहिने इजलाससमक्ष माग गरेका छन् । रिट निवेदकका तर्फबाट १३ दिन लगाएर आइतबार सकिएको बहसमा ६८ जना सहभागी भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। यही माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस सुरू गरिएको हो ।

