सर्जन श्रेष्ठको निधनपछि ट्रमा सेन्टरको इमरजेन्सीबाहेक सबै सेवा बन्द


काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकसहित १० महिनाको छोराका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो । श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।

‘दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदाना अर्पण समेत गर्दै उहाँको सम्झनामा सोमबारका दिन आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया