उद्धार कार्य सोमबार बिहानसम्मका लागि स्थगित


काठमाडौं – पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा हराएकाहरूको सोमबार बिहानबाट खोजी कार्य हुने भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रातको समयमा उद्धार गर्न कठिन हुने भएकाले भोलि बिहानैदेखि खोजी कार्य सुरु गर्ने गरी फौज घटनास्थलमै रहेको छ।

विमान दुर्घटना भएको खबर पाएपछि नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको थियो। उद्धारमा करिब २ सय सेनाका फौज खटिएका थिए।

जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य गरिएको सेनाले जनाएको छ। यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तीन जना हराइरहेका छन्।

प्रतिक्रिया