पोखरा विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग


काठमाडौं – आज (आइतबार) बिहान पोखरामा भएको विमान दुर्घटनामा परेका यात्रुको खोजी तथा उद्धार कार्य जारी छ ।

आइतबार बिहान १०: ३३ बजे काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको जहाज दुर्घटना हुँदा जहाजमा सवार ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सविमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए ।

द्र्घटनास्थलमा खोज तथा उद्धारका लागि क्रेनको प्रयोग गरिएको छ । विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रतिक्रिया