

विमान दुर्घटनाप्रति राजा ज्ञानेन्द्रद्वारा गहिरो दु:ख व्यक्त

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् ।
यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुका परिवारप्रति शाहले समवेदना प्रकट गरेको निर्मल निवासले जनाएको छ ।
काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

