


करेन्ट लागेर महिलाको मृत्यु

कपिलबस्तु – शिवराज नगरपालिका-२ हल्लानगरस्थित २ नम्बर टोल बस्ने ३३ वर्षीया लालमती पुनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
धोएको कपडा घरको आँगनमा रहेको फलामको तारमा सुकाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

