

लुम्बिनी सरकारले घटायो मन्त्रालय, अब १२ वटा मात्रै मन्त्रालय

बुटवल – लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । आज मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले एउटा मन्त्रालय घटाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको संख्या बढाएर १३ पुर्याएका थिए । बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई तोक्ने निर्णय गरेको छ । उनी नेकपा एमाले संसदीय दलका उपनेता हुन् । वैठकले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।
लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, ग्रामीण, शहरी विकास तथा खानेपानी मन्त्रालय रहनेछन् ।
त्यस्तै स्वास्थ्य तथा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृती मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय पनि रहनेछन् ।

