

सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौँ – सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आउँदो माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँबराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । त्यमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

