सरकारलाई विश्वासको मत दिने जसपाको निर्णय


काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ।

सोमबार संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेत जानकारी दिए।

उनका अनुसार बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया