
२०.५५ अंकले उकालो लाग्यो नेप्से
काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजार २० अंकले बढेको छ।
नेप्से २०.५५ अंकले बढेसँगै आइतबार ५ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
आज डेढ करोड कित्ता सेयर बिक्री भएको हो। योसँगै १३३ कम्पनीका लगानीकर्ताले कमाउँदा ७१ वटा कम्पनीका सेयरधनीले गुमाएका छन्।
आज खप्तड लघुवित्त, वाराही हाइड्रो, ङादी पावर, मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले कमाएका छन्।
आज हिमालयन डिस्टिलरीको २१ करोडको सेयर कारोबार भएको छ। आज लगानीकर्ताले ४.२५ प्रतिशतसम्म गुमाएका छन्।



कागजपत्र |
