

‘खण्डकाव्य त्रयोदश’ विमोचित

काठमाडौं – ‘खण्डकाव्य त्रयोदश’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक शुक्रबार वाल्मीकि विद्यापीठमा लोकापर्ण गरिएको हो । पुस्तकमा १३ जना कविहरूद्वारा रचित खण्डकाव्यहरू समेटिएको छ ।
गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरशर्मा भण्डारी, श्रीहरि फुयाँल ‘सिरु’, प्रकाश चापागाईं, प्राडा. जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निराशी कविद्वारा यो पुस्तक लेखिएको हो ।
सबै कविको कवितामा मौलिक विषयवस्तु रहेको प्रमुख वक्ता महादेव अवस्थीले बताएका छन् । माधव पोख्रेल प्रमुख अथिति र राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई रमेश शुभेच्छुले सञ्चालन गरेका थिए ।
शिखा बुक्सका सञ्चालक पुष्पराव पौडेलले अन्त्यमा कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बजारमा पुस्तक पाइने र पुस्तकको मूल्य ५ सय ५० रुपैयाँ रहेको बताएका छन् ।

