जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् ।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने भएका छन्।

चितवन जिल्ला कमिटीले हजारौंको संख्यामा मानिसहरूलाई सडकमा उतार्ने जानकारी दिएको छ। नेकपा राजनीतिक रूपमा विभाजित भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाले देशका विभिन्‍न ठाउँमा दिनहुँजसो जनप्रदर्शन गर्दै आएका छन्।

पार्टी विभाजनदेखि प्रतिनिधिसभा विघटनसम्मको स्थिति आउनुमा एकले अर्को पक्षलाई आरोप लगाउँदै आएको स्थिति रहेको छ।

प्रतिक्रिया