गुप्तचर थापाको हत्या गर्नुको कारण ‘अति सामान्य’


काठमाडौं– बाँके जिल्लामा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धा विभागमा कार्यरत प्रविण थापाको हत्या गर्नुको कारण अति सामान्य रहेको खुलेको छ।

अभियुक्त विवेक परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले भक्तपुरमा पक्राउ गरेपछि कारण खुलेको हो। उच्च स्रोतका अनुसार गाँजा सेवनको विषयमा विवाद भएपछि थापालाई परियारले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

‘अन्य ठूलो कारण के हुनसक्छ भन्ने विषयमा पनि अनुसन्धान हुनेछ तर अहिले खुलेको कारणचाहिँ गाँजा सेवनको विवाद नै रहेको पाइयो’, प्रहरी स्रोतले भन्यो।

२७ बर्षिय थापा विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेका थिए। नेपालगञ्ज उपमहानगरपालिका–१८ मा बस्ने थापाको शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो।

हत्या गरी फरार रहेका परियार भक्तपुर चाँगुनारायण नगरपालिका–९मा लुकिछिपी रहेको अवस्थामा विहीबार पक्राउ गरिएको थियो।

प्रतिक्रिया