‘दृष्टि दोष : दाङको ५ विगाहमा सम्पन्‍न जिल्ला सभालाई सानो देख्‍नेले बुटवलको १३ कट्ठामा सम्पन्‍न प्रदेश सभालाई विशाल देख्दो रहेछ’


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्‍नो समूह र नेकपा दाहाल–नेपाल समूहले गरेको सभाको तुलना गर्दै टिप्पणी गरेका छन् ।

बिहीबार बुटबलमा दाहाल–नेपाल समूहले बुटवलमा गरेको शक्ति प्रदर्शनपछि सामाजिक सञ्‍जालमा व्यंग्य गर्दै दृष्टि दोषको टिप्पणी गरेका हुन् ।

बिहीबार बुटबलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनमा हजारौँ कार्यकर्ता उतारेको थियो । सोही कार्यक्रम पश्‍चात सामाजिक सञ्‍जालहरूमा बिशाल प्रदर्शन भन्‍दै तस्बिरहरू पोष्ट गर्न थाले । लगत्तै पोखरेलले त्यसको प्रतिकृया सामाजिक सञ्जाल मार्फत दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दृष्टि दोष : दाङको ५ विगाहमा सम्पन्‍न जिल्ला सभालाई सानो देख्‍नेले बुटवलको १३ कट्ठामा सम्पन्‍न प्रदेश सभालाई विशाल देख्दो रहेछ ।’ ओली समूहले दाङमा गरेको शक्ति प्रदर्शन सानो देखेको भन्दै दृष्टि दोषको टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया