श्री ३ हुन लागेका केपी ओलीलाई लुम्बिनीले नै धारासायी बनाउँछ’


बुटवल – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीको असैंवधानिक र प्रतिगामी कदमका विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो आन्दोलन घोषण गर्दै विरोधसभा गर्दै आएको छ । ‘श्री ३ माहाराजधिराज हुन चोहका केपीहरूलाई ओलीलाई लुम्बिनीले धारासायी बनाउने छ भन्ने विश्वास लिएको छु,’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डले भने ।

प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।

‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सहि विचारको पक्षमा, सत्य, न्याय र स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौ ।’ प्रचण्डले भने ।

प्रतिक्रिया