प्रिमियर लिग फुटबल : लिभरपुल र टोटेनहम भिड्दै, शीर्ष पाँच भित्र उक्लने दाउ


काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र टोटेनहम भिड्दै छन् । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् । लिभरपुलले १९ खेलमा ३४ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । यस्तै, टोटेनहम लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लने दाउमा हनेछ । टोटेनहम १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

घरेलु मैदानमा २० डिसेम्वर २०२० मा लेस्टर सिटीसँग २–० ले पराजित भएयता टोटेनहम पछिल्लो आठ खेलमा अपराजित रहेको छ । जसमा ६ जित र २ बराबरीको नतिजा छ ।

यता, पछिल्लो समय खस्कदो प्रदर्शन गरिरहेको लिभरपुल टोटेनहमलाई उसकै मैदानमा हराउँदै जितको लयमा फर्कन चाहन्छ । टोटनहमलाई हराउन सके लिभरपुल चौथो स्थानमा उक्लनेछ । पाँचौ स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ३४ अंक रहेको छ । एजेन्सी

प्रतिक्रिया