झारफुकको बहानामा करणी गर्ने एक पक्राउ


कपिलवस्तु – झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक कपिलवस्तुमा पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा–१० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।

हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले जवरजस्ती करणी गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् ।

प्रतिक्रिया