प्रचण्ड चटके हुन्, समाजवाद उनको घरबेटीका लागि ल्याइदिए: प्रधानमन्त्री ओली


PM Oli

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विविध आरोप लगाएका छन्।

आफूनिकट मजदूर संगठनको भेलालाई विहीबार राजधानीमा सम्बोधन गर्दै उनले प्रचण्डले घरबेटीका लागि समाजवाद ल्याइदिएको आरोप लगाए। परिवारवाद र आफन्तका लागि मरिहत्ते गर्ने प्रचण्डले सिरहामा पनि बत्ती निभाएर चुनाव जितेको प्रधानमन्त्री ओलीको आरोप थियो।

प्रचण्डलाई उनले चटकेको संज्ञा दिए। ‘श्रमिक मजदुरलाई आफ्नो स्वार्थका लागि उहाँहरूले प्रयोग गर्नुभयो, न कहिले आफू जंगल बस्नुभयो’ओलीले भने,‘उहाँ जी हिजो कहाँ बस्नु भएको हो? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो। उहाँ त दिल्ली, नोयडा  र लखनउमा लुकेर बसेको हो नि! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बसेका हुन्।’

०७४ मा आफूहरूले भाषण गरेर प्रचण्डलाई चुनाव जिताएको बताएका उनले सिरहामा बत्ती निभाएर जितेको दाबी गर्दै किर्तिपुरमा हारेको उदाहरण पेस गरे।

प्रतिक्रिया