हँसियाले हानेर सालाको हत्या गर्ने भिनाजु आफैं पुगे प्रहरी कार्यालय


धनगढी — कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने भिनाजुले प्रहरीमा आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का गौरीलाल ढुङ्गानाले आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा गएर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबीच साला–भिनाजुको नाता पर्दछ ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया