मतगणना भइरहेका तीनै क्षेत्रमा गठबन्धन उम्मेदवार अगाडी, पछ्याउँदै एमाले


काठमाडौं – स्याङ्जा–२, बाजुरा, दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रतिनिधि सभातर्फ स्याङ्जाको क्षेत्र नम्बर–२ मा कांग्रेसका धनराज गुरुङले २२ हजार ४६० र एमालेकी पद्या अर्यालले २० हजार २६७ मत ल्याएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ३२ मत ल्याएका छन् ।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ९ हजार ९५९ मत पाएका छन् भने नेकपा एमालेका कर्ण थापाको ७ हजार २१० मत छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की ७ हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया