माइतीघरमा प्रचण्ड–नेपाल समूहकाे साताव्यापी धर्ना सुरू


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ । प्रचण्ड–माधव समूहले माइतीघरमा आज बुधबारदेखि एकसाता धर्ना दिने भएको छ।

धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ। बिहीबार बुटलवमा, शुक्रबार विराटनगरमा र शनिबार धनगढीमा प्रर्दशनसँगै सभा गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जनाएको छ।

प्रचण्ड–नेपाल समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो ।

प्रतिक्रिया