

पाेल्यान्डले साउदी अरेबियालाई २-० हरायाे

काठमाडाैं – विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज शनिवार भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ ।
एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई २–० गाेलले हरायाे । पाेल्यान्डकाे जितमा खेलको ४० अौँ मिनेटमा पिटर जिलेन्स्की र ८२ औँ मिनेटमा राेबर्ट लेवान्डाेस्कीले गाेल गरे ।
याे खेल लेवान्डाेस्कीका लागि विशेष रह्याे । उनले पाेल्यान्डका लागि यसअघि ७६ गाेल गरे पनि विश्व कपमा १ गाेल पनि गर्न सकेका थिएनन् । आफ्नाे पाँचाैँ विश्व कपमा उनले यस पटक उनले आफ्नाे सपना पूरा गरे ।
याे जितसँगै पाेल्यान्ड २ खेलमा ४ अङ्कसहित समूह ‘सी’ काे शीर्ष स्थानमा उक्लिएकाे छ । साउदी अरेबिया तालिकाकाे दाेस्राे स्थानमा छ ।

