मेयर हर्क लेख्छन्– बेकामे सांसदलाई शहर छिर्न नदिने आन्दोलनमा ऐक्वेवद्धता जनाएकोमा बालेनजीलाई धन्यवाद!


काठमाडौँ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेकामे सांसदलाई शहर छिर्न नदिने आन्दोलनमा ऐक्येवद्धता जनाएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई धन्यवाद दिएका छन्।

बिहीबार धरानका मेयर साम्पाङले सामाजिक सञ्जालमा राखेको एक स्टाटस सेयर गर्दै काठमाडौंका मेयर बालेन्द्रले ‘ठ्याक्कै’ लेखेर सेयर गरेका थिए।

उक्त स्टाटसमा मेयर साम्पाङले लेखेका थिए, ‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ! अन्यथा वहाँ धरान नआए पनि हुन्छ!’

उक्त स्टाटस सेयर गर्दै बालेन्द्रले ऐक्वेवद्धता जनाएका थिए। त्यसपछि बालेन्द्रलाई धन्यवाद दिँदै साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नाम मात्रैको बेकामे माननीयहरुलाई आफ्नो शहर छिर्न नदिने आन्दोलनमा ऐक्यवद्धता जनाउनु भएकोमा बालेन जीलाई धन्यवाद!’

प्रतिक्रिया