

लगातार तेस्रो पटक सांसद बने गोकर्ण विष्ट

गुल्मी – गुल्मी क्षेत्र नम्बर २बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
विष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । विष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
विष्टले २०३४ मतको अग्रता सहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
विष्टले २७० र २०७४को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पुरा गरेका छन् । झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना माथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।
‘ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले लेखेकी छिन्,‘जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौँ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैँ ऋणी हुनेछु ।’ उनले मतदातालाई धन्यवाद दिँदै निर्वाचनमा विजयी भएका विष्टलाई बधाई पनि दिएकी छिन् ।

